काठमाडौं । जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड सुरु गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गर्नुभएका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वको छनोट हुने बताउनुभएको छ । जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका रूपमा…