विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकमा भारत दोस्रो, पछिल्लो २४ घण्टामा ९१ हजार बढीमा संक्रमित • Image Khabar Image Khabar


विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकमा भारत दोस्रो, पछिल्लो २४ घण्टामा ९१ हजार बढीमा संक्रमित


Imagekhabar
२२ भाद्र २०७७, सोमबार १२:१०

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकमा भारत दोस्रो, पछिल्लो २४ घण्टामा ९१ हजार बढीमा संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ ।

पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा आइपुगेको हो । भारतमा एकैदिन थपिएको संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणदर घट्दै गएको छ । भारतमा भने संक्रमण झन् बढ्दै गएको छ ।

कूल संक्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र रहेको छ । भारतमा कूल संक्रमितको संख्या ४२ लाख माथी पुगेको छ ।

कोरानाका कारण ७१ हजार बढीले ज्यान गुमाइसकेका छन् । भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार रहेको छ ।

हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ । अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ६० हजार पुगेको छ ।

अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ९३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ३७ हजार पुग्दा ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८९ हजार पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्