काठमाडौं ।
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले भ्रष्टाचार र अनुशासन उल्लंघनको आरोपमा ३३ जना केन्द्रीय समिति सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
बेइजिङमा सम्पन्न पार्टीको चारदिने पाँचौँ पूर्ण बैठकले उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो । निष्कासितमध्ये १६ जना सैन्य अधिकारी रहेका छन् । पूर्वसैन्य उपप्रमुख झाङ युसिया र पूर्वजनरल लिउ झेनली पनि कारबाहीमा परेका छन् ।
राष्ट्रपति सी चिनफिङले सन् २०१२ मा सत्ता सम्हालेदेखि भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै आउनुभएको छ ।
पछिल्लो कारबाहीलाई विश्लेषकहरूले भ्रष्टाचार नियन्त्रणसँगै पार्टी र सेनामाथि चिनफिङको पकड थप बलियो बनाउने प्रयासका रूपमा हेरेका छन् । यसैबीच, बैठकमा सहभागी केन्द्रीय समिति सदस्यको संख्या पनि घटेर २७९ मा झरेको छ ।
सन् २०२७ मा हुने पार्टी महाधिवेशन र नेतृत्व चयनअघि यो कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस्