काठमाडौं । कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किनुभएको छ । आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फर्कनुभएको हो । उहाँले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोड्नुभएको छ । उहाँका चिकित्सक सिन कोन्लेका अनुसार…