काठमाडौं, भदौ १७ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको र आफूलाई निकै दुःख लागेको बताउनुभएको छ । मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भारतका पूर्वराष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । पूर्व राष्ट्रपति…