वर्ष २०२० कोरोनाले थलायो विश्वलाई, अमेरिकामा मात्र मार्‍यो साढे तीन लाख मान्छे, ट्रम्पको सत्ता नै चट् « Image Khabar


वर्ष २०२० कोरोनाले थलायो विश्वलाई, अमेरिकामा मात्र मार्‍यो साढे तीन लाख मान्छे, ट्रम्पको सत्ता नै चट्


Imagekhabar
१६ पुष २०७७, बिहीबार २३:१९

corona america trump and biden

काठमाडौं, पुस १६ । कोरोना वर्षका रुपमा चिनिएको र संसार नै त्रसित भएको वर्ष २०२० संसारबाट बिदा भएको छ । इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ ।

वर्ष २०२० हामीबाट बिदा हुँदै गर्दा संसारभर अकल्पनीय मानवीय र आर्थिक क्षति पुर्‍याएको छ । चीनको वुहानबाट शुरु भएर संसार यात्रा गरेको महाब्याधी कोरोनाका कारण मानव सभ्यता माथि नै नयाँ चुनौति आइलागेको हो ।

संसारका अमेरिका, बेलायतसहितको यूरोप, अष्ट्रेलियालगायतका शक्तिसम्पन्न मुलुक र तिनका नेतृत्वलाई कोरोनाले आफ्नो चरणमे सुताइदियो ।

धन्न यो एक वर्षमा संसारभरका वैज्ञानिकहरुले भने एकजुट बनेर यस निर्दयी अदृष्य विषाणुलाई मार्ने खोप बनाउन सफलता प्राप्त गरेका छन् ।

कोभिड–१९ ले संसारभर ८ करोड ३इ लाखभन्दा बढी व्यक्ति संक्रमित बनाउँदा सवा १८ लाख मानिसलाई मृत्युको मुखमा पुर्‍याएको छ ।

संसारकै सबैभन्दा शक्तिसम्पन्न भनिएको अमेरिका यसबाट तवाह भएको छ । त्यहाँ मात्र साढे तीन लाख मानिस कोरोना महाब्याधीका कारण मारिएका छन् ।

त्यहाँ दुई करोडभन्दा बढी मानिस संक्रमित हुँदा दोस्रो स्थानको भारतमा एक करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । भारतमा पनि १ लाख ४८ हजार मानिस मारिएका छन् ।

अमेरिका पछि ब्राजिलमा धेरै मानिस १ लाख ९४ हजारको मृत्यु र ७६ लाखभन्दा बढी मानिस संक्रमित छन् ।

अमेरिकामा त कोरोनाकै कारण राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता नै गुमाउनु परेको छ । शुरुमा निकै नै खेलाँची गरिहरेका ट्रम्पलाई ह्वाइट हाउसको बाटो रोक्ने माध्यम पनि यही कोरोना बनेको हो ।

चाइनिज भाइरस भन्दै जिस्किरहेका उनलाई परिस्थिति उनको काबु बाहिर पुगेर मानिसहरुको शवको पहाड बन्न थालेपछि अन्ततः दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने उनको सपना र जिद्दी दुबै नाकाम भएको छ ।

उनीभन्दा ज्येष्ठ पूर्वउपराष्ट्रपति डेमोक्रेट नेता जो बाइडन उनले थुपारेको फोहोर सोहोर्न आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्