संसार सुतिरहँदा अष्ट्रेलिया, न्यूजिल्याण्डसहितका देशले गरे नयाँ वर्ष २०२१ लाई स्वागत « Image Khabar


संसार सुतिरहँदा अष्ट्रेलिया, न्यूजिल्याण्डसहितका देशले गरे नयाँ वर्ष २०२१ लाई स्वागत


Imagekhabar
१६ पुष २०७७, बिहीबार २२:३६

welcome new year 2021 australia

काठमाडौं, पुस १६ । अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ ।

समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट नयाँ वर्षलाई स्वागत गर्ने क्रम शुरु भएको छ ।

सुदूरपूर्वी मुलुक न्यूजील्याण्ड, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, उत्तर कोरियालगायतका देश हुँदै इश्वीको नयाँ वर्ष क्रमशः पश्चिमी मुलुकहरुमा सर्दै आएको छ ।

सबैभन्दा पहिले अष्ट्रेलिया र न्यूजील्याण्डले सँधै झै यस वर्षको नयाँ नयाँ सूर्योदयलाई स्वागत गरेका हुन् ।

संसार निन्द्रामै रहँदा यी दुई देश हुँदै सुदूर पूर्वी देशहरुले सन् २०२१ को नयाँ विहानीलाई स्वागत गरेका हुन् ।

वर्ष २०२० पूर्ण रुपमा कोरोना भाइरसको महामारीको पकडमा परेकाले यस वर्ष कोभिड–१९ को कब्जाबाट मानव सभ्यताले मुक्ति पाउने अपेक्षा गरिएको छ ।

वर्ष २०२० मा संसारभरका सवा आठ करोडभन्दा बढी मानिसलाई कारोना भाइरसले आफ्नो पञ्जामा पा¥यो भने झण्डै सवा १८ लाख मानिसलाई मृत्युको मुखमा पुर्‍यायो ।

तर वर्षको शुरुवातसँगै वैज्ञानिकहरुले मानव सभ्यताकै लागि चुनौति बनेको कोरोना भाइरसको खोप ल्याएकाले नयाँ आशाका किरणहरु देखिएको छ ।

कोरोना संक्रमणको विश्वव्यापी त्रासका बीच पनि मानिसहरुले निर्भिघ्न ढंगले नयाँ वर्षलाई स्वागत गरिरहेका छन् ।

सबै तस्वीर वेबबाट

प्रतिक्रिया दिनुहोस्