Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


पाकिस्तानद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पाकिस्तानले ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमानकाे दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पाकिस्तानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेप्रति पाकिस्तानी सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दछौं।’…