एजेन्सी । रुस–युक्रेन युद्ध अन्त्य गराउने अभियानमा जुटेका चिनियाँ राष्ट्रपति सी जिनफिङले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीसँग टेलिफोन संवाद गर्नुभएको छ । चिनियाँ दैनिक पिपुल्स डेलीका अनुसार संवादका क्रममा राष्ट्रपति सीले रुस–युक्रेन युद्ध अन्त्यका लागि रचनात्मक पहल थालेको बताउनुभएको हाे । राष्ट्रपति जेलेनेस्कीलाई युद्धको आगोलमा घ्यु नथप्ने आश्वासन समेत राष्ट्रपति सीले दिनुभएको पिपुल्स डेलीले उल्लेख गरेको…