
एजेन्सी । अफ्रिकी मुलुक सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा ९ जनाको ज्यान गएको छ ।
सेनेगलको उच्च अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई दुई वर्षको जेल सजाय सुनाएपछि उनको समर्थनमा भएको प्रदर्शनका क्रममा उनीहरु मारिएका हुन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस, र लाठीचार्ज गर्दा पनि स्थिती नियन्त्रणमा नआएपछी गोली प्रहार गरेको बुझिएको छ ।
प्रहरीले गोली प्रहार गरेपछी प्रदर्शन झन चर्केको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले भौतिक सम्पत्ती समेत नष्ट गरेका थिए् । अदालतको फैसला सार्वजनिक हुने बित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएको थियो । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको, घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको आंकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्