४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


६ महिना अन्तरिक्षमा बसेका चिनियाँ यात्री पृथ्वीमा सकुशल अवतरण


6.461k
Shares

एजेन्सी । तीन जना चिनियाँ अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर सकुशल पृथ्वीमा फर्केका छन् ।

चीनले सन् २०१६ पछि पहिलो पटक पठाएको मानवसहितको सन्चौ १५ यान आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ ।

सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ र चाङ लु रहेका थिए । उनीहरुले ६ महिनासम्म अन्तरिक्षमा रहँदा चिनियाँ अन्तरिक्ष स्टेशन निर्माणको काम गरेका थिए ।

उनीहरुको स्वास्थ्य ठीक रहेको र यान पनि ठीकठाक रहेको चिनियाँ एजेन्सीले जनाएको छ । उनीहरुलाई प्रतिस्थापन गर्न अर्को टोली गत मे ३० मा अन्तरिक्षतर्फ गईसकेको छ ।