श्रीलंकामा आधा सेनाको संख्या कटौती हुने « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


श्रीलंकामा आधा सेनाको संख्या कटौती हुने


325
Shares

एजेन्सी । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सेनाको संख्या कटौती गर्ने भएको छ । वल्र्ड बैंकको तथ्यांक अनुसार श्रीलंकामा सन् २०१७ देखि २०१९ को बीचमा सबभन्दा धेरै ३ लाख १७ हजार सेना थिए ।

अहिले उक्त संख्या घटेर दुई लाख ७८३ छ । श्रीलंकाले अहिले भएको सेनाको संख्या कटौती गरेर साढे एक लाखसम्म पु¥याउने जनाइएको छ ।

अर्को वर्षसम्म श्रीलंकाले सैनिक संख्या घटाएर एक लाख ३५ हजार पुर्‍याउने योजना बनाएको छ। यस्तै, सन् २०३० सम्म एक लाख पु¥याउने योजना रहेको शुक्रबार रक्षा मन्त्री प्रिमिथा बन्दरा टेन्नाकुनले बताउनुभएको थियो । आर्थिक मन्दीका कारण सरकारी खर्च घटाउन सरकारले सैनिक संख्या कटौती गर्न लागेको उहाँको भनाइ छ ।

सन् २०२३ को बजेटमा सैनिकको बजेट स्वास्थ्य सेवा र शिक्षाका लागि भन्दा बढी रहेको भन्दै आलोचना समेत भएको थियो । रक्षाको लागि ५३९ बिलियन रुपैयाँ बजेट छुट्याएपछि आलोचना भएको हो ।

रक्षामन्त्री टेन्नाकुनले सैनिकको संख्या घटाएर पनि सन् २०३० सम्म प्राविधिक र रणनीतिक रूपमा राम्रो र सन्तुलित रक्षा बल बनाइने बताउनुभयो । गत वर्ष राज्यको विदेशी सञ्चिति सकिएपछि श्रीलंकामा आर्थिक संकट लागेको थियो ।