युक्रेनका मुख्य शहरमा रूसको आक्रमणको वर्षा, ९ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


युक्रेनका मुख्य शहरमा रूसको आक्रमणको वर्षा, ९ जनाको मृत्यु

युक्रेनमा बिजुली आपूर्ति बन्द

312
Shares

एजेन्सी । रुसले युक्रेनका मुख्य शहरहरुमा क्षेप्यास्त्र आक्रमणको वर्षा गरेको छ ।

रुसले डिनिप्रो शहरको एउटा आवासीय भवनमा गरेकाे आक्रमणमा करिब ९ जनाकाे मृत्यु भएकाे हाे । ९ तले उक्त अपार्टमेन्ट भवन पूर्ण रुपमा ध्वस्त भएको छ । युक्रेनको उर्जा पूर्वाधार लक्षित आक्रमणका कारण कीभ, खार्किभ र ओडेसा शहरमा आपत्कालीन अन्धकार छाएको छ ।

युक्रेनका अधिकांश विद्युतीय पूर्वाधारहरु यसअघि नैं ध्वस्त पारेको रुसले शनिबार गरेको आक्रमणबाट थप पूर्वाधारहरुमा क्षति पुगेको छ । बेलायतले युक्रेनी सेनाको लागि च्यालेन्जर ट्यांक पठाउने घोष्णा गरेपछि थप रुष्ट बनेको रुसले युक्रेनमाथि धमाधम मिसाइल प्रहार गरेको हो ।

युक्रेनलाई कुनै पनि राष्ट्रले थप हतियार उपलब्ध गराए कारबाहीलाई तीब्रता दिने रुसले चेतावनी दिएकाे छ ।