काठमाडौं, माघ ६ । इरानको राजधानी तेहरानस्थित १७ तले प्लास्को सपिङ सेन्टरमा विहीबार आगोलागी हुँदा धेरैजनाको मृत्यु भएको आशंका गरिएको छ । मृत्यु हुनेमा आगोलागी नियन्त्रकहरु पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घटनामा दुई सयभन्दा बढी घाइते भएका छन् । आगो सल्केको केही समयमै भवन ध्वस्त भएको थियो । धेरैजना पसलेहरुसहित कम्तीमा सयजना भवनभित्रै…