अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना « Image Khabar


अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना


Imagekhabar
५ माघ २०७३, बुधबार १७:०६

९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सन्चारमाध्यमहरुले बुधबार जनाएका छन् ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए ।

उनलाई अहिले अस्पताल भर्ना गर्नुको कारणकाबारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटक–पटक भर्ना गरिएको थियो ।

जीवित चारजना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको हुन् । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए ।

उनका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्