भारतमा ट्रक र स्कुल बस ठोक्किँदा १५ बालबालिकाको मृत्यु « Image Khabar


भारतमा ट्रक र स्कुल बस ठोक्किँदा १५ बालबालिकाको मृत्यु


Imagekhabar
६ माघ २०७३, बिहीबार १५:०९

दुर्घटनामा अरु २२ जना घाइते भएका छन् ।

उत्तर प्रदेशको अलिगन्ज जिल्लाको असदपुर गाउँमा बाक्लो कुहिरोका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनामा बसमा सवार बालबालिका र ट्रक चालकको मृत्यु भएको हो ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

उत्तर प्रदेशमा केही सातादेखि मौसममा खराबी आएकाले यातायात सन्चालनमा कठिनाइ भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्