अमेरिका र उत्तर कोरियाबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको जनाएको हो । तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै तीब्र गतिमा अघि बढिरहेको सिआइएका निर्देशक माइक पोम्पेओले बताएका छन् । उत्तर कोरियाले केही समयभित्रै अर्को मिसाइल परीक्षण गर्ने सम्भावना रहेको उनको भनाई छ ।…