Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


‘नाभाल्नीको निर्वाचन बहिस्कार अभियान गैरकानूनी’


0
Shares

रसियाको पछिल्लो चर्चित निर्णयमा यहाँको उच्च निर्वाचन निकायले सोमबार राष्ट्रपतिको उम्मेदवार बन्न चाहेका बहुचर्चित प्रतिपक्षी नेता नाभाल्नीलाई भ्रष्टाचार अभियोग लागेको भन्दै निर्वाचनमा सहभागी हुन नदिने निर्णयपछि नाभाल्नीले निर्वाचन बहिस्कार गर्न आग्रह गरेका थिए ।

निर्वाचनको तयारीमा रसियाका प्राय ग्रामिण वस्तीमा पुगेका नाभाल्नीले राष्ट्रपति भ्लादिमिर पुटिन आफूसँग निर्वाचन लड्न डराएपछि सत्ताको दुरुपयोग गर्दै राष्ट्रपतिको उम्मेदवार बन्नबाट रोक लगाएको दावी गरेका छन् ।

पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले मंगलबार निर्वाचन आयोगको निर्णयलाई आफूले आलोचना गर्न नचाहेको तर निर्वाचन बहिस्कारको घोषणा कतै कानून विपरित त होइन यसलाई सावधानीपूर्वक अध्ययन गर्नुपर्ने बताए । (रासस/एपी)