भियतनाममा भीषण आँधी आउने संकेत, ६२ हजार डुंगालाई माछा मार्न रोक • Image Khabar Image Khabar


भियतनाममा भीषण आँधी आउने संकेत, ६२ हजार डुंगालाई माछा मार्न रोक


Imagekhabar
११ पुष २०७४, मंगलवार ०९:२७

भियतनाममा भीषण आँधी आउने संकेत, ६२ हजार डुंगालाई माछा मार्न रोक

फिलिपिन्सबाट भियतनातर्फ प्रतिघण्टा ५८ माइलको रफ्तारमा अघि बढ्दै गरेको आँधीले विनास निम्त्याउन सक्ने भन्दै भियतनाम सरकारले ७० हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न सचेत तुल्याएको हो ।

यसैबीच भियतनामको दक्षिणी प्रान्त ब्याकलेउका बासिन्दालाई विभिन्न विद्यालयमा सारिएको छ ।

भियतनामको मौसम पूर्वानुमान महाशाखाले भियतनामको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आँधीको सम्भावना तीब्र रहेको भन्दै यसले ठूलो नोक्सानी पु¥याउन सक्ने जनाएको छ ।

आँधीको सम्भावनालाई मध्यनजर गर्दै ६२ हजार डुंगालाई माछा मार्न रोक लगाइएको छ ।

तेम्बिन आँधीका कारण फिलिपिन्समा २ सय ७० जनाको ज्यान गइसकेको छ भने सयभन्दा बढी हराइरहेका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्