जेलमा रहेका पेरुका पूर्वराष्ट्रपतिलाई क्षमादान, राजधानीमा विरोध प्रदर्शन • Image Khabar Image Khabar


जेलमा रहेका पेरुका पूर्वराष्ट्रपतिलाई क्षमादान, राजधानीमा विरोध प्रदर्शन


Imagekhabar
१० पुष २०७४, सोमबार १७:१५

जेलमा रहेका पेरुका पूर्वराष्ट्रपतिलाई क्षमादान, राजधानीमा विरोध प्रदर्शन

राष्ट्रपतिको यो निर्णयपछि राजधानी लिमामा विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

२५ वर्ष शासन गरेका फुजीमोरीले मानवअघिकार उल्लंघन र भ्रष्टाचार गरेको ठहर भएको थियो । उनले २५ वर्षको जेल सजाय काटिरहेका थिए । गत शनिवारमात्र अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति पाब्लोले गतहप्ता आफूमाथिको महाअभियोग रोक्न फुजीमोरीलाई क्षमादान नदिने गरी आफ्नै पार्टीमा सहमति गरेका थिए । ७९ वर्षीय फुजीमोरी सन् २००७ मा सत्ताको दुरुपयोग गरेको आरोपमा ६ वर्षको जेल सजाय पाएका थिए ।

त्यस्तै, सन् २००९ मा पुनःमानवअधिकार हनन्को आभियोगमा उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्