इस्लामावाद, साउन १० । पाकिस्तानमा बुधबार सम्पन्न संसदीय निर्वाचनको मतगणनामा भइरहेको छ । बेलुका ६ बजे मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु भए पनि आधारातसम्म कुनै पनि स्थानको आधिकारिक नतिजा घोषणा नहुँदा भने निर्वाचन आयोगले आलोचनाको सामना गर्नुपरेको छ । षड्यन्त्र र धाँधलीको आरोपका बीच निर्वाचन आयोगले बिहीबार बिहानसम्म एक ठाउँको नतिजामात्र सार्वजनिक गरेको छ ।…