२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


पाकिस्तानमा निर्वाचनकैक्रममा बम विस्फोट, ३१ जना मारिए


0
Shares

काठमाडौं, साउन ९ । पाकिस्तानको क्वेटा सहरमा बुधबार आत्मघाती बम विस्फोटमा परी ३१ जना मारिएका छन् ।

सो सहरस्थित एक मतदान केन्द्रनजिक आत्मघाती विस्फोट गराइएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

मारिनेमा केही सुरक्षाकर्मीसमेत रहेका छन् ।

विस्फोटमा परी दर्जनौं घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।

घटनापछि सो मतदान केन्द्रमा मतदान रोकिएको छ ।

यसैबीच, आमनिर्वाचनको मुख्य दल पीटीआईका उम्मेदवार इमरान खानले ट्वीट गर्दै घटनाप्रति खेद प्रकट गरेका छन् ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । पाकिस्तानमा बुधबार आमनिर्वाचन भएको हो । (एजेन्सी)