Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


विहारमा मन्दिरमा भागदौड मच्चिदा ७ जनाको मृत्यु


247
Shares

एजेन्सी ।
भारत, बिहारको एक मन्दिरमा आज भागदौड मच्चिदा सात जनाको मृत्यु भएको छ ।

विहारको लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा ठुलो संख्यामा भक्तजन दर्शनका लागि उपस्थित भएको बेला भागदौड मच्चिंदा सात जनाको मृत्यु हुनुकासाथै दजनौंको संख्यामा घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सोमबारे व्रतका लागि मन्दिर र आसपासका क्षेत्रमा ठुलो संख्यामा भक्तजनहरू भेला भएका थिए । दर्शनका लागि मूल मन्दिरमा मानिसहरूको घुइँचो बढेपछि स्थिति अनियन्त्रित भई अचानक भागदौड मच्चिएको अधिकारीहरुले जनाएका छन् ।

घटनालगतै प्रहरी र प्रशासनिक टोली घटनास्थल पुगेर उद्धार राहतकार्य सुरु गरेका थिए । घटनाबारै अनुसन्धान भइरहेको र घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।