२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


इजरायलले सिरियाको विमान खसाल्यो


0
Shares

काठमाडौं । इजरायलको सीमामा प्रवेश गरेको सिरियाको एक विमानलाई इजरायलले खसालेको छ ।

इजरायलको गोलान पहाडी इलाकामा उडान भरिरहेको उक्त बिमानलाई इजरायली सेनाले निशाना बनाई खसालेको हो ।

बिमान चालकको अवस्थाबारे केही स्पष्ट पारिएको छैन । सिरियाले सो इलाकामा रहेको विद्रोही समूहको अखडालाई लक्षित गरी बारम्बार हवाई आक्रमण गर्ने गरेका छन् । 

विमान खसालेपछी आगलागी भएको र उक्त क्षेत्रका केही भवन नष्ट भएका छन् । (एजेन्सी)