१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024


लाओसमा बाँध भत्किँदा २० जनाको मृत्यु, एक सयभन्दा बढी बेपत्ता


0
Shares

काठमाडौं । लाओसमा एउटा बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी बेपत्ता भएका छन् ।

लगातारको बर्षापछि आएको पहिरोका कारण बाँध भत्केको बताईएको छ ।

लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा उनीहरु बेपत्ता भएका हुन् ।

सयौं उद्धारकर्मी परिचालन गरिएको छ । यसअघि आएको बाढी र पहिरोले ६ वटा गाउँ नै बगाएको थियो । जसका कारण ६ हजार ६ सय परिवार बिस्थापित भएका थिए ।

यसैबीच लाओसका प्रधानमन्त्री थोङलोउनले घटनास्थलको निरीक्षण गरी उद्धारलाई तीब्रता दिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

उता, बाढी प्रभावितका लागि उचित राहतको ब्यबस्था मिलाइएको भन्दै लाओस सरकारले बाढी पीडितको सहयोगका लागि स्थानीय बासिन्दासमक्ष अपील गरेको छ ।(एजेन्सी)