Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै-(कार्य-सूचीसहित)

बैठकमा अर्थमन्त्री वाग्लेले कर्मचारी सञ्चय कोष विधेयक पेश गर्दै

0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार बस्दैछ ।

सिंहदरबारमा प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे । साथै बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्नेसम्बन्धी सम्झौता’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै,  राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो सवाँ १ बजे बस्ने भएकाे छ। बैठकमा परराष्ट्र, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले पेश गर्ने कार्यसूची  रहेकाे हाे । बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे।