Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


कांग्रेसकाे आगामी १५ औं महाधिवेशनकाे निर्वाचन तालिका सार्वजनिक (विज्ञप्तिसहित)


221
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशनको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गर्नुभएकाे हाे । निर्वाचन समितिका अनुसार यहि भदौ २ गते देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने भएकाे छ ।

भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ मा वडामा निर्वाचन प्रतिनिधि खटाउने,भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण र भदौ मसान्तसम्म जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने तालिका रहेकाे हाे। भदौ २४ गते सबै वडामा अधिवेशन तोकिएको छ । भदौ २७ मा गाउँरनगर अधिवेशन, भदौ ३१ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन र आगामी असोज २ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने तालिकामा उल्लेख छ ।

असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश र असोज १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकामा भनिएको हाे । निर्वाचन समितिले हालसम्म अमेरिका, जापान, फ्रान्स र दक्षिण कोरिया लगायत १५ देशका जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भएकाे जनाएकाे छ।