११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


उत्तर कोरियाद्वारा महत्वपूर्ण क्षेप्यास्त्र परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया सुरु


0
Shares

काठमाडौं । उत्तर कोरियाले आफ्नो महत्पूर्ण क्षेप्यास्त्र परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया शुरु गरेको छ ।

अमेरिकासँग आबद्ध एउटा अनुगमन समुहले उत्तर पश्चिमी क्षेत्रमा रहेको सोहाए स्टेनका स्याटेलाइट तस्वीरहरुमा परीक्षण स्थल नष्ट गरिंदै गरेको देखिएको जनाएको छ ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सहमतिअनुसार उत्तरले पछिल्लो कदम चालेको हो ।

सिंगापुरमा कोरियाली प्रायद्विपलाई पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको थियो ।

प्योङयाङले सोहाएलाई स्याटेलाइट परीक्षण स्थल बताउदै आएपनि अमेरिकाले भने त्यहाँबाट ब्यालेष्टिक मिसाइल परीक्षण गर्ने गरेको विश्वास गर्दै आएको छ ।

नौ महिना यता उत्तर कोरियाले कुनै पनि परमाणु परीक्षण नगरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई मुलुकको सम्बन्ध सुधारबाट आफु निकै खुशी भएको बताउनु भएको थियो ।(एजेन्सी)