काठमाडौं, असार २२ । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा दुईपटकको च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै बीबीसीले उपाधि जितेको हो । सातदोबाटोस्थित एक्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बीबीसी १–० ले विजयी भयो । खेलको ८७औं मिनेटमा अनुप गुरुङले निर्णायक गोल गरेका थिए…