काठमाडौं । सन् २०१४ वल्र्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ । तिलोत्तमा नगरपालिकामा नीजि क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एकदिने उक्त प्रतियोगिता भएको हो । चार टोलीले प्रतिष्पर्धा गरेको प्रतियोगिताको फाइनलमा सन् २०१४ वल्र्ड लिजेन्डले रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै उपाधि जित्यो । सन्…