काठमाडौं । लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ । संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्पmत गर्नुपर्ने मान्यता राख्ने गर्दछ । खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो शाहस र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।…