काठमाडौं, कात्तिक १४ । अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर, अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । ‘प्राविधिक कारणले उनीहरुले…