काठमाडौं । दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी एवं प्रशिक्षक जन्टी रोड्सले काठमाडौंमा क्रिकेट प्रशिक्षण दिने भएका छन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तीपूरमा यही बुधवारदेखि हुने प्रशिक्षण शिविर १० दिनसम्म चल्नेछ । यो शिविर १७ वर्ष र १९ वर्षमुनिका युवाहरुलाई लक्षित गरिएको छ । दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट ५२ टेस्ट म्याच र २ सय ४५…