२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल र म्यानमार भिड्दै


0
Shares

काठमाडौं, कात्तिक २५ । टोकियो ओलम्पिक खेलका लागि एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।

पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले आज दोस्रो खेलमा आयोजक म्यानमारको सामना गर्न लागेको हो । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे खेल सुरु हुनेछ ।

म्यानमारले पहिलो खेलमा बंगलादेशलाई ५–० ले पराजित गरेको थियो । म्यानमार यो समूहबाट अघिल्लो चरण प्रवेशका लागि दाबेदार टोली हो ।

आजै हुने अर्को खेलमा भारत र बंगलादेश भिड्नेछन् । अंक तालिकामा म्यानमार शीर्षस्थानमा छ भने नेपाल दोस्रो र भारत तेस्रो स्थानमा छ ।