काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले अर्याललाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई चार दिनको समय दिएको हो ।
भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ परेका अर्याललाई सिलगुडीको बाटो हुँदै बिहीबार नेपाल ल्याइएको थियो । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आवश्यक अनुसन्धानका लागि म्याद थप गर्न शुक्रबार उहाँलाई अदालतमा उपस्थित गराएको थियो ।
अर्यालमाथि ठगी र संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्