बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ११ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सीवाइसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटलाई हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । उपाधिसँगै अत्तरियाले ३० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो । धनगढीस्थित फाप्ला क्रिकेट…