काठमाडौं, फागुन ८ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति भएका दुवै खेल बराबरीमा सकिएका छन् । राउण्ड अफ १६ को पहिलो लेगको खेलमा इंग्लिस क्लब लिभरपुललाई जर्मनीको बायर्न म्युनिखले गोलरहित बराबरीमा रोक्यो । दोस्रो लेगको खेल आगामी मार्च १४ तारिखमा जर्मनीमा हुनेछ । च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा स्पेनको बार्सिलोनालाई फ्रेन्च क्लब ओलम्पिक लियोंले…