काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई रियाल सोसिडाडले २–० ले हराएको हो । हारपछि अंक तालिकाको पाँचौ स्थानमा झरेको रियाल मड्रिड शीर्ष स्थानको बार्सिलोनासँग १० अंकले पछि परेको छ । शीर्ष स्थानको बार्सिलोनाले गएराति गेटाफेलाई उसैको मैदानमा २–१ ले पाखा लगायो । ला–लिगा फुटबलका अन्य…