प्रदिप पौडेल पोखरा, चैत ३० । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा आयोजित ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व कायम गरेको छ । ट्रायथलन पुरुषतर्फको प्रतिश्पर्धामा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । एक मिनेटले पछि परेका आर्मीकै खेलाडी बसन्त थारुले रजत पदकमा चित्त बुझाए ।…