१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका जैशीलाई


0
Shares

बिराज रोस्यारा

कैलाली, चैत २९ । नयाँ वर्षको अवसर पारेर अत्तरियामा आयोजना भएको एभरेष्ट एकेडेमी गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका मोहनदेव जैशीले हात पारेका छन् । उनले अत्तरियादेखि गोदावरीसम्मको झण्डै ७ किलोमिटरको दुरी २९ मिनेट ९ सेकेण्डमा पुरा गरेका हुन् ।

जैशीलाई नगद २० हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

दोस्रो स्थानमा नेपाली सेनाकै सुशिलकुमार शाही रहे । उनले उक्त दुरी २९ मिनेट २० सेकेन्डमा पुरा गर्दै नगद १० हजार १ हात पारे । तेस्रो स्थानमा भने अत्तरियाका सुनिल सुनार रहे । उनले ५ हजार १ रुपैयाँमा चित्त बुझाए ।

अत्तरिया जेसिस र लाइन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा पहिलो पटक म्याराथनको आयोजना गरिएको हो । 

गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउदले म्याराथन उद्घाटन गरेका थिए । अत्तरियाबाट शुरु भएको म्याराथन गोदावरी कुम्भ बाटिकामा पुगेर समापन भएको थियो । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको प्रचार प्रसार गर्न र युवाहरुलाई स्वस्थ रहन प्रेरित गर्न म्याराथन आयोजना गरिएको अत्तरिया जेसिसका खेल संयोजक रबेन्द्र खनालले जानकारी दिए ।