७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य


0
Shares

काठमाडौं, चैत २९ । नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको हो ।

नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाए ।

१८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे ।