काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोततर्फ नेपालकी संगीता बस्यालले स्वर्णपदक जित्न सफल भएकी छन् । बुधबार ६२ केजी तौल समूहमा संगीताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी हुन् । योसँगै तेक्वान्दोमा नेपालको स्वर्णपदकको संख्या १० पुगेको छ ।