काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज(मंगलबार) पनि विभिन्न खेलका प्रतिस्पर्धाहरु भइरहेका छन् । मंगलबार उसुमा नेपालले दुई स्वर्ण जितेको छ । लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् । पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारे भने महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई…