४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


चितवनको लगातार चौथो जित, फाईनल पुग्ने संभावना बलियो


0
Shares

पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा चितवन राईनोजले लगातार चौथो जित हात पारेको छ ।

आज भएको खेलमा विराटनगर टाईटान्सलाई १८ रनले हराउँदै चितवन फाईनल नजिक पुगेको हो ।

खेलमा पहिले व्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनायो ।

उसका लागि आरिफ शेखले अविजित ३९ रन बनाउँदा कप्तान पारस खड्काले ३५ रनको योगदान दिए ।

जवाफमा १ सय ४७ रनको चुनौती पछ्याएको विराटनगरले १९ ओभरमा अलआउट हुनुपूर्व १ सय २८ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका लोकेश बमले ६२ रन जोडे । बलीङतर्फ चितवनका करण केसी र भुवन कार्कीले ३–३ विकेट लिए ।

जितसँगै चितवन पिपिएल क्रिकेटको फाईनल नजिक पुगेको छ । ४ खेलबाट उसले ८ अंक जोडेको छ ।

अन्तिम खेलमा चितवनले मंगलवार काठमाडौं गोल्डेन्ससँग खेल्नेछ ।