
काठमाडौं, पुस ६ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई ३–१ ले हराएको छ ।
आफ्नै मैदानमा म्यान सिटीलाई विजयी गराउन रियाद माहारेज, इके गुन्डोगान र ग्याब्रिएल जिससले एक एक गोल गरे ।
लेष्टर सिटीका जेमी भार्डीले पहिलो गोल गरेका थिए । जितसँगै म्यान्चेस्टर सिटीले दोस्रो स्थानको लेष्टरसँगको दुरीलाई १ अंकमा झारेको छ ।
१८ खेलबाट लेष्टरको ३९ अंक छ भने म्यान सिटीको ३८ अंक छ । एक खेल कम खेलेको लिभरपूल ४९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एभर्टन र आर्सनलले गोलरहित बराबरी खेल्दा बर्न्लेले बर्नमाउथलाई, शेफिल्ड युनाइटेडले ब्राइटनलाई तथा न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई १–० ले हराएका छन् ।
यसैगरी साउथह्याम्पटनले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दा वुल्भरह्याम्पटनले नरिच सिटीमाथि २–१ को जित निकाल्यो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्