काठमाडौं, मंसिर २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा भारत शीर्ष स्थानमा रहन सफल भएको छ । अहिलेसम्मका सबै संस्करणमा शीर्ष स्थानमा रहेको भारतले कुल ३१६ मध्ये १७४ स्वर्णपदक जित्न सफल भयो । दोस्रो स्थानमा रहन सफल भएको आयोजक नेपालले ५१ ओटा स्वर्णपदक जित्यो । नेपालले एउटै संस्करणमा पहिलोपटक यति धेरै संख्यामा स्वर्णपदक जितेको…