
काठमाडौं, मंसिर २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा भारत शीर्ष स्थानमा रहन सफल भएको छ ।
अहिलेसम्मका सबै संस्करणमा शीर्ष स्थानमा रहेको भारतले कुल ३१६ मध्ये १७४ स्वर्णपदक जित्न सफल भयो ।
दोस्रो स्थानमा रहन सफल भएको आयोजक नेपालले ५१ ओटा स्वर्णपदक जित्यो । नेपालले एउटै संस्करणमा पहिलोपटक यति धेरै संख्यामा स्वर्णपदक जितेको हो ।
तेस्रो स्थानको श्रीलंकाले ४० स्वर्ण जित्यो ।
त्यस्तै, चौथो स्थानको पाकिस्तानले ३१ स्वर्ण जित्दा पाँचौं स्थानको बंगलादेशले १९ स्वर्ण जित्यो ।
छैटौं स्थानको माल्दिभ्सले एक स्वर्ण जित्दा पुछारको भुटान भने स्वर्णविहीन भयो ।
यसअघि, ३१७ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने भनिएको थियो । तर, अन्तिम समयमा जुडोको एउटा इभेन्ट नभएका कारण ३१६ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो ।
प्रतिक्रिया दिनुहोस्