बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आजदेखि बैतडीमा शुरू भएको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा उद्घाटन खेलमा दार्चुला र डडेल्धुरा भिडिरहेका छन् । दार्चुलाले टस जितेर ब्याटिङ गरिरहेको छ । उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुदूरपश्चिम…