काठमाडाैं। ड्याफोडिल पब्लिक स्कुल सुन्दरीजलको खेल मैदानमा यहि मंसिर १२ गतेदेखि भएको सप्ताहव्यापी 'ड्याफोडिल कप–२०८२’ प्रारम्भ भएको छ। प्रविधिबाट गुणस्तरीय शिक्षासँगै खेलबाट शारीरिक विकास अभियान अन्तर्गत भएकाे खेलमा बास्केटबलतर्फ १५ वटा विद्यालयका विभिन्न उमेर समूहका छात्र र छात्रागरि ३० टिम र फुटसलतर्फ १३ विद्यालयका विभिन्न उमेर समूहका ३० टिमले सहभागिता जनाएका हुन्। उद्घाटन खेलमा १२ वर्षमुनि उमेर समूहको…