Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


खेलाडीले एन्फाको मुख्यालयमा लगाएकाे ताला खोलियो


130
Shares

काठमाडाैं । नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाइएको ताला खोलिएको छ।

नेपाल फुटलब खेलाडी संघसँग एन्फाको तर्फबाट महासचिव किरण राईको टोलीले गरेको छलफलपछि मंगलबार तालाबन्दी खोलिएको हो । ‎ एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी चैत ३० गतेदेखि शुरू गर्ने सहमति भएको छ । साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको हाे ।

खेलाडीहरूको सेवा–सुविधा सम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ । १ हजार दिन भन्दा बढी समयदेखि हुन नसकेको सहिद स्मारक लिग ‘ए’ डिभिजनको आयोजना निश्चितता, खेलाडी अक्षय कोषकाे बारेमा जानकारी तथा खेलाडीले पाउन बाँकी पुरस्कार राशि लगायतका माग राख्दै खेलाडी संघले गत आइतबार एन्फाको मुख्यालयमा तालाबन्दी गरेको थियो ।